आज बलिउडका महान् नायक अमिताभ बच्चनको ७५औं जन्मदिन

0

२५ असोज — बलिउडका महान् नायक अमिताभ बच्चनको आज ७५औं जन्मदिन हो । सन् १९४२ मा जन्मिएका बच्चनले बलिउडमा कैयौं सफल फिल्महरूमा काम गरेका छन् ।यत्तिका वर्ष भइसक्दा पनि बच्चनको क्रेज घटेको छैन । उनको उमेरमा मानिसहरू रिटायर भइसक्छन् तर बच्चन अझै सक्रिय छन् ।सन् १९८० को अन्त्यतिर अनि सन् १९९० को दशकमा बच्चनका फिल्महरू लगातार फ्लप भएका थिए । उनको एबीसीएल कम्पनी पनि टाट पल्टेको थियो । तैपनि उनी सार्वजनिक नजरमा रहिरहे ।करीयरको शुरुवाती तीन वर्षमा एकपछि अर्को झुर फिल्म खेलेका बच्चनले त्यसपछि भने कहिल्यै पछि फर्केर हेर्नुपरेन ।बलिउडमा हिरोइजमलाई परिभाषित गर्ने यी नायकलाई शुरुतिर अपरम्परागत भनी बेवास्ता गरिएको थियो ।त्यतिखेर राजेश खन्नाको बोलबाला थियो । खन्नको रोमान्टिक छविको महिलाहरू कडा प्रशंसक थिए ।
हृषीकेश मुखर्जीले कवि हरिवंश राय बच्चनका छोरालाई आनन्द फिल्ममा बंगाली भद्रालोकको भूमिका दिएका थिए । तर प्रकाश मेहरा र सलीम–जावेदले बच्चनको आँखामा क्रोध देखे । उनीहरूले सन् १९७३ मा बनाएको फिल्म जञ्जीरले बच्चनको भाग्य नै पल्टियो । बलिउडमा एंग्री योङ म्यानको उदय भयो । सन् १९७० को दशकमा राजनीतिक मूड अन्धकारमय भएको बेलामा बच्चनको छविलाई दर्शकले रुचाए ।वर्षौंदेखि बच्चनले परम्परागत भारतीय नायकको भूमिका निर्वाह गरेका छन् । उनले आफूलाई अथक रूपमा पुनः आविष्कार गरेका छन् र समयअनुसारको भूमिका खेलेका छन् । सदाबहार यी नायक तत्कालै थाक्ने मूडमा छैनन् ।

Share.

Leave A Reply