play_circle_outline On Air

मिसकल

play_circle_outline On Air

मिसकल

आज पहिलो साउने सोमबार,चितवनको देवघाटमा दर्शनार्थी महिलाहरुको घुइँचो

0

साउन २, आज पहिलो साउने सोमबार । हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारमा महिलाहरुले भगवान शिवको उपासना गर्दै निराहार ब्रत लिने गर्छन् ।साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा आफ्नो मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रशेको छ ।साउन लागेपछि प्रायः हिन्दु धर्मावलम्बी महिलाहरु रातो, हरियो पहिरनका साथ चुरा र मेहन्दी लगाएर धार्मिक कार्यमा लाग्ने प्रचलन छ । यो महिना मेहन्दीको व्यापार राम्रो हुने गरेको छ ।
आज पहिलो साउने सोमबारका दिन चितवनको देवघाटमा दर्शनार्थी महिलाहरुको घुइँचो लागेको छ ।साउनको सोमबार पवित्र दिनका रूपमा मानिँदै आएकाले आज सोमबार देवघाटमा बोलबम मेला लागिरहेको छ। आज बिहानैदेखि देवघाटमा भक्तजन आएर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गरिरहेका छन् ।
नदीमा पानीको बहाव बढेकाले कुनै घटना नहोस् भनेर व्यवस्थापनका लागि स्वयंसेवक खटाइएको र डुंगासमेत राखिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।चितवन नवलपरासी र तनहुँको संगममा रहेको देवघाटको सुरक्षाका लागि तीनै क्षेत्रका स्थानीय प्रशासनसँगको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ ।यो समयमा महिला हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्छन् भने पुरुष पनि व्रत बसेर पूजा गर्ने गर्छन् । व्रत बसेर स्नान गरी देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा भई सुख शान्ति मिल्ने विश्वास सर्वसाधारणको छ ।

Share.

Leave A Reply