आजको हारको कारण ब्याट्सम्यानको कमजोरी भएको नेपाली टोलीका प्रशिक्षकको टिप्पणी

0

अशोज २७, नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले नेपाली टोलीले हङकङसँगको हारको कारण ब्याट्सम्यानको कमजोरी भएको टिप्पणी गरेका छन् ।खेलपछि पत्रकारहरुसँग कुरा गर्दै प्रशिक्षक टमाटाले आजको खेल ब्याट्सम्यानहरुका लागि सबक भएको समेत बताए । अर्को खेलमा यस कमजोरी सुधार्ने अपेक्षा प्रशिक्षक टमाटाले गरेका छन् ।प्रशिक्षक टमाटाले नेपालले तेस्रो विकेटको रुपमा दिपेन्द्र सिंहको आउटमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाएका छन् । प्रशिक्षक टमाटाले अम्पायरको कमजोरी भएको म्याच रिपोर्टमा उल्लेख गर्ने बताएका छन् ।आइतबारको खेलका लागि शनिबारको अभ्यास र पिचको कन्डिसनलाई हेरेर निर्णय लिने टमाटाले बताए ।ब्याट्सम्यानहरुको आलोचना गरिरहँदा प्रशिक्षक टमाटाले बलरहरुको प्रदर्शनको खुलेरै तारिफ गरे ।हङकङलाई उसकै मैदानमा १९४ मा रोक्नु बलरहरुको शानदार प्रदर्शन भएको उनको टिप्पणी थियो ।
त्यस्तै नेपाली टोलीका कप्तान पारस खड्काले पनि ब्याटिङकै कमजोरीले पराजित हुनुपरेको स्वीकारे । कप्तान पारसले पनि दिपेन्द्रको आउट अम्पाएको गलत निर्णय भएको बताए । दिपेन्द्र आउट हुँदा पारस अर्को एण्डमा थिए । पारसले अर्को खेलमा अहिलेका गल्ती सुधार गरी जित हासिल गर्ने र २ अंक जोड्ने बताएका छन् ।

Share.

Leave A Reply