play_circle_outline On Air

घरदुवार

play_circle_outline On Air

घरदुवार

अविलम्ब प्रभावकारी उद्धार र राहतको काम सञ्चालन सरकारसँग एमालेको माग

0

साउन २९ -नेकपा एमालेले भीषण वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न भागमा उत्पन्न मानवीय र भौतिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै अविलम्ब प्रभावकारी उद्धार र राहतको काम सञ्चालन सरकारसँग माग गरेको छ । एमालेका महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गरी संकटको यस घडीमा बाढी पहिरोपीडितको उद्धार तथा राहतको काममा स्वयंसेवकका रुपमा तत्काल खटिन पार्टी पङ्क्तिलाई आह्वान गर्नुभएको छ । एमालेले कोशी नदीमा पानीको प्रवाह खतराको संकेतभन्दा माथि आइसकेको सन्दर्भमा नेपाली भूभागमा डुबान हुन नदिन बाँधका ढोका खोल्न र सीमा क्षेत्रमा एकतर्फी ढंगले बाँधिएका बाँधका कारण तराईका विभिन्न भूभागमा वर्षेनी हुने ठूलो क्षतिको दीर्घकालीन समाधान खोज्न कूटनीतिक पहल गर्न पनि माग गरेको छ ।
झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, दाङ, बाँके, बर्दियालगायत तराईका अधिकांश जिल्लाका विभिन्न बस्ती डुबानमा परेका छन् । पहाडका धेरै जिल्लामा पहिरोले थुप्रैको ज्यान लिनाका साथै कैयौँ बस्तीलाई जोखिममा पु¥याएको छ । तराईका अधिकांश नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । पूर्व–पश्चिम राजमार्ग, मुग्लिन–नारायणघाट सडकलगायत धेरै राजमार्ग र सडकमा पहिरोका कारण आवागमन बन्द छ ।

Share.

Leave A Reply