play_circle_outline On Air

साझा सवाल

play_circle_outline On Air

साझा सवाल

अबको बजेट एतिहासिक हुने गर्भनर नेपालको बिश्वास

0

बैशाख २६ ,राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्ष २०७४/७५ को बजेट ऐतिहासिक हुने बताउनुभएको छ ।

राष्ट्र बैंकले सोमबार काठमाडौंमा आयोजना गरेको आव २०७४÷७५ का लागि पूर्व बजेटकालीन अन्तक्र्रियामा उहाँले भन्नुभयो, “स्थानीय तह निर्वाचनसँगै मुलुक सङ्घीयतामा जाने निश्चित भएकाले अन्य बजेटभन्दा यो फरक तवरले आउँछ ।”

गभर्नर डा नेपालले नाकाबन्दी र भूकम्पका कारण अर्थतन्त्र माथि उठ्न नसकेको बताउँदै चालु आवदेखि मुलुकको अर्थतन्त्रमा सुधार आएको विचार व्यक्त गर्नुभयो । उहाँले सरकारको दुई खर्ब ५५ अर्ब रुपैयाँभन्दा बढी रकम बचत रहेको जानकारी दिनुभयो ।

Share.

Leave A Reply