play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

अनशनरत डा केसीको समर्थनमा चिकित्सकहरुद्धारा सेवा बहिस्कार

0

साउन २७,
अनशनरत डा. गोविन्द केसीको माग सम्बोधनमा सरकार उदाशीन देखिएको भन्दै सरकारी चिकित्सकहरुले आजबाट सेवा बहिस्कार गर्ने भएका छन् ।
डा. केसीको जीवन रक्षाको अपिलसहित गत मंगलवार कालोपट्टी बाँधेर काम गरेका उनीहरुले हिजो एक घण्टा सेवा बहिस्कार गरेका थिए । डा. केसीको अनशन १९ औं दिन हुँदा समेत सरकारीस्तरबाट समस्या समाधानका लागि छिटपुट वार्ता बाहेक केही नभएको भन्दै उनीहरुले आजवाट देशै भरका अस्पतालमा आकस्मिक बाहेकका कुनै पनि सेवामा सहभागी नहुने निर्णय गरेका हुन् ।
सरकारी चिकित्सक संघ गोदानको हिजो बसेको बैठकले देश भरिका सम्पूर्ण सरकारी अस्पतालमा आकस्मिक बाहेकको कुनै पनि स्वास्थ्योपचारमा सहभागी नहुने निर्णय गरेको अध्यक्ष दिपेन्द्र पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Share.

Leave A Reply