अखण्ड स्पेनको पक्षमा देशभर प्रदर्शन

0

असोज २३ । मुलुक विभाजन नै गर्ने तहमा क्याटालन नेताहरु पुगेपछि त्यसको विरोध र अखण्ड स्पेनको पक्षमा देशभर प्रदर्शनहरु गरिएका छन् अलगवादीहरुले राजधानी बनाउन घोषणा गरेको केन्द्र बार्सिलोनामै उपस्थित भएर लाखौं नागरिकले विभाजनको विरोध गर्दै एकताका पक्षमा एक स्वरले नारा घन्काएका छन् ।तीन लाख ५० हजारभन्दा बढी मानिस सडकमा ओर्लिएर असन्तुष्टीका विषयलाई वार्ता र संवादको माध्यमबाट सुल्झाउन आग्रह गर्दै मुलुक विभाजनको बाटोमा नलाग्न सचेत गराएका हुन् ।स्पेन र क्याटालन दुबै झण्डा हातमा बोकेकाहरुले एकता नै बल हो भन्ने नारा घन्काए ।विभाजनकारीले प्रदर्शन गरेभन्दा निकै ठूलो संख्यामा मानिसहरु एकताका लागि आह्वान गर्न सडकमा ओर्लिएको बताइएको छ ।प्रहरीले साँढे तीन लाख मानिस सडकमा ओर्लिएको बताए पनि आयोजकहरुले भने यो संख्या साँढे नौ लाख भएको दावी गरेका छन् ।¥यालीलाई पूर्व मन्त्रीहर, नोबेल पुरस्करा बिजेतालगायत दिग्गज ब्यक्तित्वहरुले संबोधन गर्दै मुलुक विभाजन गर्ने बाटोमा नलाग्न क्याटालन नेताहरुलाई अपील गरे ।

Share.

Leave A Reply